काठमाडौं, १६ असोज । सहज एवं सबल बैंकिङ्गको मूल रणनीति अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरूमाझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ ।
हालसम्म ४८ हजारभन्दा बढी सदस्यहरू जोडिएको भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवर्द्धन गर्ने अभिप्रायले बैंकले एनआईसी एसिया भाइबर क्वीज बुज सञ्चालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।
भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्ने बैंकले जनाएको छ ।
असोज १४ गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन हुने यस क्वीज बुजमा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिन बैंकले आग्रह गरेको छ ।
एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्ने जनाइएछ । हरेक दिन ४ जनाले रू. ५०० को मोबाइल रिचार्ज समेत जित्न सक्नेछन् । यसका लागि यस बैंकको भाइबर कम्युनिटीमा जोढिइ त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ ।















प्रतिक्रिया