१९ कार्तिक २०८३, बिहिबार

एमालेको केन्द्रीय समितिमा हेरफेर, एक अध्यक्ष र पाँच उपाध्यक्ष राखिने, उपमहासचिव नराखिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । नेकपा एमालेको केन्द्रीय समति एक अध्यक्ष र पाँच उपाध्यक्षसहितको बन्ने प्रस्ताव भएको छ ।

शुक्रबारदेखि ललितपुरमा भएको पहिलो विधान महाधिवेशनमा एमालेले यस्तो प्रस्ताव पेश गरेको हो ।

प्रस्तावमा उपमहासचिव नराख्ने प्रस्ताव पेश छ ।

यससँगै अब १३ जना पदाधिकारी रहनेछन् । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव ६ जना सचिव रहने छन् ।

त्यस्तै, केन्द्रीय कमिटीमा एक तिहाई महिला अनिवार्य गरिएको छ । कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने छ भने प्रदेश कमिटीका अध्यक्षहरु केन्द्रीय कमिटीका पदेन सदस्य रहनेछन् ।