८ कार्तिक २०८३, आइतबार

गुल्मीमा चितुवाको छालासहित २ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १५ असोज । गुल्मी जल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छालासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ भेडवा बस्ने २७ वर्षीय सुमन खनाल र सोही ठाउँ बस्ने ३१ वर्षीय हरिबहादुर सार्की रहेका छन् ।

होटल एण्ड लजमा चितुवाको छालाको अबैध कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ लुम्बिनी प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा उक्त होटलको कोठामा लुकाई राखेको उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।