
काठमाडौँ, १४ असोज । नेकपा एमालेको असोज १५ गते शुक्रबारबाट ललितपुरको गोदावरीमा हुन लागेको विधान महाधिवेशनको आवश्यक तयारी पूरा भएको छ ।
बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएको हो ।
शुक्रबार दिउँसो सवा १२ बजे अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने समितिले जनाएको छ ।
ललितपुरको सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर उद्घाटन गरिनेछ ।
उद्घाटन सत्रमा ओलीसहित केही नेताहरुले सम्बोधन गरेपछि तीनवटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको छ ।
त्यस्तै, विधान महाधिवेशनमा ६ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने एमालेले जनाएको छ ।












प्रतिक्रिया