
काठमाडौँ, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् ।
एमालेलाई फकाउन आह्वान गरिएको बैठकमा ओली नजाने एमलो प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् । ‘अध्यक्षज्यू बैठकमा जानु हुन्न’, भट्टराईले भने, ‘पार्टीबाट अरु कोही जाने विषयमा छलफल भइरहेको छ ।’
ओली नगए पनि पार्टीबाट अन्य कोही जानेबारे छलफल भइरहेको बताइएको छ ।












प्रतिक्रिया