
काठमाडौँ, १३ असोज । एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ ।
सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ जसमा एडिबी सँगको सहकार्यमा सबै भन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।
एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखि जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले विभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरुसँग कारोबार गरी सबै भन्दा सकृय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ ।
एडिबीको ‘लिडिङ्ग पार्टनर बैंक’उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापानको सुदृढिकारण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको छ ।
हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअल गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंक लाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंकहरुलाई २० वटा श्रेण्ीामा विभिन्न उपाधिहरुद्वारा सम्मानित गरिएको थियो ।















प्रतिक्रिया