१९ कार्तिक २०८३, बिहिबार

थप १ हजार १५७ जनामा कोरोना पुष्टि, १ हजार ११३ निको, ८ को मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप १ हजार १५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ८१ र एन्टिजेन विधिबाट ३ हजार ४०७ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार १५७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ८५ हजार ५३६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ११३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ६४ हजार ८४७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ जना रहेको छ ।

मन्त्रालयका अनुसार ३५४ संक्रमित आइसीयुमा छन् भने ९९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ६२ लाख ३८ हजार १ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ६२ लाख १४ हजार ७४२ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२३ जना पुगेको मन्त्रालयले जनाएको छ ।