७ कार्तिक २०८३, शनिबार

नेप्से परिसुचक ५० अंकले बढ्यो, ५ अर्बको कारोबार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असोज । केही दिनदेखि ओरालो लागेको नेप्से परिसुचक बुधबार ५० अंकले बाउन्स ब्याक भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ५०.५८ अंकले बढेर २६ सय ६५.९३ विन्दुमा पुगेको हो ।

मंगलबार परिसूचक ७०.०१ अंकले घटेर २६ सय १५.४० विन्दुमा झरेको थियो ।

आज सबैजसो उपसमूह धनात्मक (पोजेटिभ) भएर सेयर बजारमा नै हरियाली छाएको दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ८.५८ अंकले बढेर ५०३.४६ विन्दुमा उक्लिएको छ ।

यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ४.८७ प्रतिशतले वृद्धि भएको छ । जबकी मंगलबार सोही समूह उपसूचक सबैभन्दा बढी ७.३७ प्रतिशतले घट्न पुगेको थियो ।