१९ कार्तिक २०८३, बिहिबार

अख्तियारद्वारा प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा छापा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ का मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको छ ।

धनुषाको जनकपुर स्थित मुख्यमन्त्रीको कार्यालयमा आयोगले छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको हो ।

बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको आयोगले जनाएको छ ।

प्रदेश–२ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो ।

साइकल खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि आयोगले छापा मारेको हो ।