१९ कार्तिक २०८३, बिहिबार

नेकपा एकीकृत समाजवादीबाट को-को बन्दैछन् मन्त्री ? (नामसहित)

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असोज । नेकपा (एकीकृत समाजवादी) का ६ जना नेताहरु मन्त्री बन्ने भएका छन् ।

गठबन्धनले आफ्नो पार्टीलाई ६ वटा मन्त्रालय दिने भएपछि पार्टी अध्यक्ष माधव नेपालले सरकारमा सहभागी हुने नेताहरूको नाम टुंगो लगाएका हुन् ।

आइतबारदेखि नै छलफल गर्दै सोमबार साँझसम्म अध्यक्ष नेपालले ६ जनाको नाम टुंगो लगाएका छन् ।

समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठ मन्त्री बन्ने पक्का भएको हो ।

यससँगै चाँडै मन्त्रिपरिषद विस्तार हुने बुझिएको छ ।