काठमाडौं, १३ असोज । नेपालीहरूको आउदैं गरेको चाडपर्व दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डू लिमिटेडको क्रेडिट कार्ड बाहक महानुभावहरूले शून्य प्रतिशत ब्याजदरको सुबिधामा सामसुङ कम्पनीको सामान सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने भएका छन् ।
पर्वको बहार, बैंक अफ काठमाण्डूको उपहार भन्ने मूलनाराको साथ ल्याएको यस सरल किस्ताबन्दी योजनामा क्रेडिट कार्डबाहक महानुभावले सजिलोसंग सामसुङ ब्राण्डका स्मार्ट फोन, स्मार्ट वाच, ट्याब्लेटस् बंैकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि. बीच बैंक क्रेडिट कार्डबाहक महानुभावहरुलाई सामसुङको सामानहरू सरल किस्ताबन्दीमा उपलब्ध गराउने सम्झौता भएको हो ।
यस योजनाको लागि ग्राहक महानुभावहरुले बैंकको क्रेडिट कार्ड लिनको लागि अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
सरल किस्ताबन्दी योजनामा ग्राहकले शून्य प्रतिशत ब्याजदरकोे सुबिधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदि जस्ता सुबिधा पाउनेछन् ।















प्रतिक्रिया