७ कार्तिक २०८३, शनिबार

ओपोद्वारा उत्कृष्ट १० कलाकृतिको घोषणा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । ओपोले ओपो रेनोभेटर्स २०२१ ईमर्जिंग आर्टिस्ट प्रोजेक्टका १० विजेताहरूको घोषणा गरेको छ । तिनको छनोट सहभागी ३ हजार ३ सय ४५ कलाकृति मध्यबाट गरिएको हो ।

ओपोले छनोटमा परेका उत्कृष्ट कलाकृतिहरू लन्डन डिजाइन फेस्टिवल २०२१लाई हस्तान्तरण गरेको छ । ती कलाकृतिहरूमार्फत नवोदित कलाकारका सिर्जनशील प्रतिभा प्रदर्शित गर्नुका साथै तिनको रचनात्मक महत्वकांक्षालाई गति प्रदान गर्नु ओपोको उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस बर्ष रेनोभेटर्स कार्यक्रममा कलाकारहरुलाई प्रकाशको विषयबस्तु वरपर रही कलाकृति तथा रचनात्मक अवधारणाहरु विकसित गर्ने जिम्मेवारी दिइएको थियो ।

तीमध्य तिनले आर्ट टेक र आर्ट टोय गरी दुई प्रतियोगिताका कोटाहरूमा आफ्नो सहभागिता जनाउने अवसर प्रदान गरिएको थियो । केही महिनाका लागि सञ्चालित ओपो रेनोभेटर्स २०२१मा विश्वभरका ४० देश तथा क्षेत्रबाट उदयिमान कलाकारहरुले ३ हजार ३ सय ४५ ब्यक्तिगत प्रविष्टिहरु मार्फत आफ्ना कलाकृति पेश गरेका थिए ।

कलाकृतिहरुको नविनता, कलात्मकता, ब्यवहारिकता तथा अभिब्यक्तिको स्तरका आधारमा मूल्यांकन पश्चात समग्र कलाकृति मध्यबाट उत्कृष्ट १० को चयन गरिएको हो ।