७ कार्तिक २०८३, शनिबार

जावाको दशैँ तिहार बहारः हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असोज । यस दशैँ तथा तिहारको उपलक्ष्यमा जावाले ग्राहकमूखी योजना प्रस्तुत गरेको छ ।

नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले आफ्ना नयाँ खरिद गर्नुहुने ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो शीथ ) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ ।

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ ।

यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईद्वारा प्रमाणीकरण गरिएको छ । त्यसै गरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ ।

लेजेन्डरी जावा बाइक दशकौँ पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहँदै आएको छ ।

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा.लिले भित्र्याएको हो । आग्नि माटो इन्क प्रा.लि अग्नि ग्रुप अन्तर्गत स्थापित भगिनी संस्था हो । नेपालभरि अग्नि मोटोइन्क प्रा.लि को हाल १३ वटा डिलर नेटवर्क रहेका छन् ।