काठमाडौं, १२ असोज । एनआईसी एशिया बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपाली महानुभावहरूको लागि आउँदै गरेको वडादशैंको अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्ड रेमिटमार्फत खातामा रकम पठाउँदा खातामा रू. ४०० बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
असोज ११ गतेदेखि कात्तिक १० गतेसम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
रू. ४०० बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ । कोभिड–१९ को जोखिम कायम रहेकै बेला यस बैंकले वर्ल्ड रेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले यथास्थानबाटै स्वदेशमा रहनुभएका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सक्ने बैंकले जनाएको छ ।















प्रतिक्रिया