७ कार्तिक २०८३, शनिबार

बैंक अफ काठमाण्डूका ग्राहकले कार्डबाट पेमेन्ट गरे २० प्रतिशतसम्म छुट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरूले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

नेपालीहरूको महान चाड दशैंलाई लक्षित गरी दराजले २०७८ साल असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहक महानुभावहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुटको सुबिधा उपयोग गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

बैंकको कार्डबाहक महानुभावहरूले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेका २० प्रतिशत वा अधिकतम रु.२,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम रु.२,५०० सम्म छुटको पाउनेछन् ।

दशैं धमाका योजनामा बैंकको कार्डबाहक महानुभावहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्ने बैंकले जनाएको छ ।