४ कार्तिक २०८३, बुधबार

छोराछोरीलाई अर्काे कोठामा सुताएर आफु बेग्लै कोठामा सुतेका दम्पत्ती मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । काठमाडौँ महानगरपालिका चाबहिल शान्ति गोरेटोमा चनाचटपटे बेचेर जीवनयापन गर्दै आएका यादव दम्पती मृत फेला परेका छन् ।

रौतटहटको गौर नगरपालिका–५ का स्थायी बासिन्दा रामविजय यादव र उनकी श्रीमती सुनितादेवी आज बिहान सोही स्थानमा मृत फेलापरेका महानगरीय प्रहरी प्रभाग गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश सिंहले बताउनुभयो ।

शुक्रबार राति छोराछोरीलाई बेग्लै कोठामा सुताएर अर्को कोठामा सुतेका उनीहरूमध्ये श्रीमान् झुन्डिएको तथा श्रीमती ओछ्यानमा नै मृत भेटिएका उहाँले बताउनुभयो ।

अबेरसम्म बाबु आमा नउठेपछि छोरा–छोरीले ढोका खोलेर हेर्दा उनीहरुलाई मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । यादव दम्पतीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा लगिएको प्रहरीले जनाएको छ । रासस