२ कार्तिक २०८३, सोमबार

अमेरिकामा प्रतीक्षाले जितन् मिस नेपाल युएसको उपाधि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतीक्षा शुक्लाले जितेकी छिन् । अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा शुक्ला १० प्रतियोगीलाई पछिपार्दै विजेता घोषित भएकी हुन् ।

प्रतियोगितामा फष्टअनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु भएकी छिन् ।

प्रतियोगिताको शीर्ष दश स्थानमा अपेक्षा परियार, कला न्यौपाने, प्रतीक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका रहेका थिए ।

प्रतियोगिता न्यूयोर्कको क्विन्स थेटरमा आयोजना भएको थियो ।