४ कार्तिक २०८३, बुधबार

सूचना लुकाएर भ्रष्टाचार बढ्यो : प्रमुख आयुक्त बाँस्कोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimochanकाठमाडौं, २८ चैत । राष्ट्रिय सूचना आयोगकका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले मुखले सुशासन र पारदर्शिताको कुरा गर्ने अनि सूचना दराजमा चावी लगाएर चावी जनैमा गाँठो पार्ने प्रवृत्तिले नेपालमा भ्रष्टाचार निर्मुल हुन नसकेको दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा आरटिआईएड् मासिक पत्रिकाको विमोचन गर्दै प्रमुख आयुक्त बाँस्कोटाले यस्तो दाबी गरेका हुन् । ‘लोकतन्त्रको मापक नै सूचनाको हक भएकाले कसैलेपनि सूचना लुकाउनु हुँदैन,’ उनले भने, ‘सार्वजनिक संस्थाबाट सामन्तवादको अन्त्य गर्ने हो भने सूचना दिँदा तौलेर दिने परम्पराको अन्त्य गर्नुपर्छ । उनले सूचना जति अपारदर्शी भयो त्यति नै भ्रष्टाचार मैलाउने भन्दै सूचनाको हकमा गोप्य संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

राज्यको हरेक निकायको सूचना आम नागरिकको पहुँचभित्र हुनुपर्नेमा जोड दिदैँ बाँस्कोटाले नेपालमा सूचनाको हकसम्वन्धि कानून बने पनि त्यो कार्यान्वयन हुन नसकेकोमा भने चिन्ता व्यक्त गरे ।

baskotaपछिल्लो समय प्रशासनिक संयन्त्रहरु सूचनाको हकमा उत्तरदायी र जवाफदेही भएको भन्दै उनले अहिलेसम्म २७ मन्त्रालय र करीब ५६ विभागले आफ्नो सूचना सार्वजनिक गरेको जानकारी दिए । ‘सूचनाको हकलाई राज्यले नै कार्यान्वयन तहमा लैजाने हो भने नेपालबाट भ्रष्ट्राचार केहीहदसम्म निर्मुल हुनेछ,’ उनले भने, ‘सुशासनका लागि पनि सूचनाको हकलाई पारदर्शि बनाउनु आवश्यक छ ।’
कार्यक्रममा बोल्दै उनले सूचनाको हकलाई अझ बढावा दिन सरकारले आगामि दिनमा विद्यालयस्तरको पाठ्यक्रममै सूचनाको हकलाई समेट्ने प्रक्रिया अघि बढाएको समेत उनले जानकारी दिए ।

उनले कार्यक्रममा सूचनाको हकसँग सम्वन्ति प्रत्रिका प्रकाशन गरेकोमा धन्यवाद दिदैँ पत्रिकासँग सहकार्य गर्न आयोग पूर्ण तयार रहेको पनि बताए । कार्यक्रममा गोगो फाउण्डेशनका अध्यक्ष केदार खड्काले पत्रिका र पत्रिकाको टिमले सूचनाको हकसम्बन्धी प्रंशसनीय कामको थालनी गरेको भन्दै सूचना उपलब्ध गराएर सहयोग गर्न सबैसँग आग्रह गरे ।

सूचना लुकाउने काम केन्द्रमा मात्रै नभएर स्थानीय तहसम्म व्याप्त भएको भन्दै उनले त्यस्तो परम्पराको तत्काल अन्त्य हुनुपर्नेमा जोड दिए । राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घलेले मानवअधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक लगायतका क्षेत्रमा सक्रियताका साथ काम गर्न सुझाव दिए ।

कार्यक्रममा दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारलगायतले पनि सूचनाको हकका बारेमा बोलेका थिए ।
कार्यक्रममा पत्रिकाका सम्पादक कर्णबहादुर नेपालीले सबै प्रकारका भ्रष्टाचारको न्यूनिकरण अनि बहिस्करणमा परेका गरिव तथा सिमान्तकृत समूदायलाई जगाउने र श्रोतको समान हिस्सेदार बनाउने, मानव अधिकार र प्रजातन्त्रको उच्चतम अभ्याउन गराउने उद्देश्यका साथ आरटिआईएड् मासिक पत्रिका प्रकाशन सुरु गरेको बताए ।

‘सबै प्रकारका भ्रष्ट्राचारको न्युनिकरण अनि बहिस्करणमा परेका गरीब तथा सिमान्तकृत समूदायलाई जगाउने र श्रोतको समान हिस्सेदार बनाउँने मान्यताका साथ राईट टू इन्फरमेसन एण्ड इन्ट्रिगेशन डेभलपमेण्ट इण्टरनेशनलको स्थापना गरेका हौँ,’ उनले भने, मानवअधिकार, प्रजातन्त्र, सुशासन र एकिकृत विकाससँग सम्वन्धित हुँदै सूचनाको हकसँग सम्वन्धित सचेतना र वकालत गर्न यो पत्रिका सहयोगी बन्ने छ ।’