मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नबिल बैंकद्वारा दिगो बैंकिङ्गका लागि साझेदारी

दैनिक नेपाल २०७८ असोज ९ गते ९:४६

काठमाडौं, ९ असोज । नबिल बैंकले धादिङ्ग जिल्लाको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग दिगँे बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ ।

गल्छी गाउँपालिकामा नबिल बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका तर्फबाट अध्यक्ष कृष्णहरि श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारी मार्फत गाउँपालिकाहरूले स्थानीयस्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रममा बँल्दै नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले यस सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित