
काठमाडौँ, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार ५७५ र एन्टिजेन विधिबाट ५ हजार ११५ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ४७६ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ८० हजार १५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५५० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ५८ हजार ५०४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३४७ संक्रमित आइसीयुमा छन् भने १०५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ५९ लाख ४६ हजार २२ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ६३ लाख ८० हजार ५८६ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८१ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया