१९ कार्तिक २०८३, बिहिबार

एमाले केन्द्रीय कमिटिमा समूहगत छलफल सुरु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असोज । नेकपा एमाले केन्द्रीय समिति बैठकमा सहूहगत छलफल सुरु भएको छ ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु बैठकमा पेश भएका तीनवटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः सांगठानिक र विधान संशोधन प्रस्ताव पेस गरेको केन्द्रीय सदस्य नारदमुनि रानाले जानकारी दिए ।

ती प्रस्ताव र प्रतिवेदनमाथि छलफल गर्न आठ समूह बनाइएको छ ।