मुग्लिन, ८असोज । काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खसेपछि तीन जना बेपत्ता भएका छन् ।
बिहीबार राति पौने २ बजेतिर चितवन जिल्लाको इच्छाकामना गाउँपालिका– ५ मा रहेको नाग्दी खोलाबाट ग २ च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । कार अनियन्त्रित भएर नदीमा खसेको थियो ।
दुर्घटनामा कारमा रहेका पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । कारमा रहेका अरु तीन जना भने बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका–१७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, ५५ वर्षका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका प्रहरीले जनाएको छ ।











प्रतिक्रिया