काठमाडौं, ८ असोज । विश्वबजारको वरीयताक्रममा उत्कृष्ट ६ स्मार्टफोन बिक्रेताभित्र पर्न सफल रियलमी सबैभन्दा छिटो वृद्धि भइरहेको ब्रान्ड भएको छ ।
यो सूचीभित्र पर्नको लागि रियलमीले ले क्यु २ २०२१ मा १५० करोड आफ्नो उत्पादन बजारमा उपलब्ध गराएर १३५.१ प्रतिशतको वाईओवाई वृद्धि गरेको विज्ञप्तिमा जनाएको छ ।
यो उल्लेखनीय उपलब्धि रियमलीले मात्र तीन वर्षमा हासिल गरेको हो । जबकि पहिलो स्थानमा रहेको सामसगको ६.३ प्रतिशत वृद्धि रहेको छ ।
‘गएको ३ वर्षमा नै रियलमी एक भर्खर जन्मिएको बिरालोको बच्चा केही समयमा नै बाघ बने जस्तो गरेर आक्रामक रुपले बजारमा विस्तारित भइरहेको छ’, सीईओ स्काई लिले भनेका छन्, ‘विश्वभरिका २९ वर्ष मुनिका युवाहरूप्रति लक्षित रियलमी ग्राहकहरूलाई असाधारण उत्पादन ल्याउन कटिबद्ध छ ।’















प्रतिक्रिया