
काठमाडौँ, ७ असोज । सरकारले विदेशी पर्यटनका लागि अनअराइभल भिसा खुल्ला गरेको छ ।
सरकारले पर्यटन आगमनलाई सहज बनाउन कोरोनाविरुद्ध पूर्ण खोप लगाएका र आवश्यक प्रक्रिया पूरा गर्नेको लागि अनअराइभल भिसा खुला गरेको हो ।
यससँगै अब नेपाल पर्यटकका लागि खुला भएको छ ।
तर विदेशबाट आउने पर्यटकहरुले ७२ घण्टाभित्र कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट र पूर्ण खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।















प्रतिक्रिया