१९ कार्तिक २०८३, बिहिबार

नेपालबाट भारततर्फ लैजाँदै गरेको २७ लाख रुपैयाँ बराबरको केराउ बरामद

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कपिलवस्तु, ७ असोज । अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २७ लाख रुपैयाँ मूल्य बराबरको २ सय २५ क्विन्टल हरियो केराउ बुधबार प्रहरीले बरामद गरेको छ ।

कृष्णनगर नगरपालिका–२ गल्लामण्डी र सोही नगरपालिका–१ स्थित कृष्णनगर चन्द्रौटास्थित सडक हुँदै ६ वटा ट्रकमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ फेला पारी ईलाका प्रहरी कार्यालय कृष्णनगर र बोडर आउट पोष्ट कृष्णनगरबाट खटिएको प्रहरीले ट्रक सहित बरामद गरेको हो ।

बरामद ट्रक तथा हरियो केराउ आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।