८ कार्तिक २०८३, आइतबार

रौतहटमा कटुवा पेस्तोल र गोलीसहित १ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रौतहट, ७ असोज । दुर्गाभगवती गाउँपालिका–२ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनारलाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।