
काठमाडौँ, ६ असोज । सत्तारुढ गठबन्धन दलहरुबीचको बैठकमा आज पनि कुनै सहमति जुट्न सकेन ।
वुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे छलफल भएपनि कुनै सहमति हुन नसकेको जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी थिए ।
जसपा र एकीकृत समाजवादीबीचको विवादले पनि मन्त्रिपरिषद विस्तारमा सहमति हुन नसकेको जनाइएको छ । जसपा अध्यादेश खारेज हुनुपर्ने अडानमा छ भने समाजवादी भने संशोधन हुनुपर्ने पक्षमा छ ।












प्रतिक्रिया