
काठमाडौँ, ६ असोज । सत्तारुढ गठबन्धनका दलहरुबीच छलफल भएको छ ।
छलफलमा मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउन प्रयास भएको छ ।
वुधबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गठबन्धनको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश फिर्ता नभएसम्म पार्टी सरकारमा नजाने अडानमा छन् ।















प्रतिक्रिया