काठमाडौँ, ६ असोज । विगत २० वर्ष देखि कम्प्यूटर व्यवसायमा रहेकी सरिता सिंह नेशनल प्रोफेशनल अवार्डबाट सम्मानित भएकी छन् ।
सिंहलाई उनले कम्प्युटको क्षेत्रमा पाएको सफलताको लागि बेस्ट बिजनेस वुमन इन आइटी इन्डस्ट्री अवार्ड राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट प्रदान गरिएको छ ।
त्यस्तै, ट्रफी पूर्वमन्त्री तथा यूपिएफ एसिया प्यसिफिकका अध्यक्ष एकनाथ ढकालले प्रदान गरेका छन् ।
काठमााडौँमा जन्मिएकी सरिता सिंह कायस्थ कम्प्यूटर व्यापारमा सफल एक महिला व्यवसायी हुन् । उनको काठमाडौँ न्यूरोडस्थित जेनियुन कम्प्युटर ट्रेडिङ सञ्चालनमा छ । उनी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासघ) को केन्द्रिय सदस्य पनि हुन ।
त्यसअघि सानै उमेरमा विद्यार्थी कालमै पढ्दै आफ्नो गुजारा चलाउँदै गर्नुपर्ने बाध्यतामा कम्प्युटर बिक्री केन्द्रमै काम गरेकी उनलाई उक्त क्षेत्रमा एक दशक काम गरि सके पछि आफ्नै व्यवसाय सन्चालन गर्न सघाउ पुग्यो ।
विद्यालय शिक्षा र उच्च शिक्षा स्नातकसम्म काठमाडौँबाटै आर्जन गरेकी सरिताले आफ्नै व्यवसायमा पाइला चालेको ११ वर्ष भइसकेको छ भने यस क्षेत्रमा २१ वर्षको अनवरत यात्रा जारि नै छ ।
सिजन मिडियाले आफ्नो १३ औं स्थापना र संविधान दिवस २०७८ को अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरुलाई अवार्ड तथा सम्मान गरेको थियो ।












प्रतिक्रिया