
काठमाडौँ, ६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ११ हजार ६६ र एन्टिजेन विधिबाट २ हजार ८६३ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ४७८ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ७७ हजार ४३७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६३० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ५५ हजार ६३० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३३४ संक्रमित आइसीयुमा छन् भने ११९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ५७ लाख ५२ हजार ८५३ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ६२ लाख ६२ हजार ७८० जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया