७ कार्तिक २०८३, शनिबार

सेयरमा बाउन्स ब्याकसँगै नेप्सेमा १०४ अंकको उछाल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । वुधबार नेप्से परिसुचक १०४ अंकको अधिकतम वृद्धि भएको छ ।

हप्ताको पहिलो दिन आइतबार ओरालो लागेर २६ सयको लाइनमा पुगेको नेप्से वुधबार पुनः १०४ अंकले नै वृद्धि हुँदै २८ सय १६ मा रोकिएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज सेयर बजार परिसूचक नेप्से अधिकतम १०४.८८ अंकले बढेर २८ सय १६.९५ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १९.४७ अंकले बढेर ५२८.१० विन्दुमा पुगेको छ ।

त्यसो त यस दिन अधिकतम १३ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट नै लाग्ने गरी वृद्धि भएको छ भने अन्य दर्जन बढी कम्पनीहरुको मूल्य ९ प्रतिशत माथिले बढेका छन् ।

यद्यपि कारोबार रकम भने कुल २१७ कम्पनीका १ करोड २१ लाख कित्तामाथिको सेयर बजारमा ७२ हजार ७१४ पटक किनबेच हुँदा जम्मा ६ अर्ब १७ करोड ९३ लाखमा खुम्चिएको छ ।