१९ कार्तिक २०८३, बिहिबार

विजय गच्छदारद्वारा आफू चोखिने प्रयास, के भने ललिता निवास प्रकरणबारे ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । बालुवाटारको ललितना निवास प्रकरणको मुद्दा खेपिरहेका नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले भ्रष्टाचार नगरेको दावी गरेका छन् ।

वुधबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै आफूले ललिता निवासमा भ्रष्टाचार नगरेको दावी गरे ।

उनले भने, ‘सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार उक्त फायल अघि बढेको हो र आफूले टिप्पणी मात्र पेस गरेको हो, त्यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।’ गच्छदारले थपे, ‘व्यक्तिगत रूपमा लाभ लिने वा सरकारलाई हानी पु¥याउने उद्देश्य मेरो नभएकोले सरकारको गुरुयोजना पेस गर्नु भ्रष्टाचार हुनै सक्दैन ।’

आफूमाथि राजनीतिक प्रतिशोध राख्दै छानी छानी मुद्दा चलाइएको गच्छदारको आरोप छ । ‘छानीछानी मुद्दा चलाइएको छ । काखा र पाखा गरिएको छ । राजनीतिक पूर्वाग्रहका आधारमा मेरो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भएको छ’, गच्छदारले भने ।

अख्तियारले २०७६ माघ २२ मा गच्छदारसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।