
काठमाडौँ, ६ असोज । बैंकर रबिना देशराज श्रेष्ठले नातिनीको रुपमा आएकी नयाँ सन्तानलाई स्वागत गरेकी छन् ।
वुधबार बुहारी प्रियंका कार्कीले सामाजिक सञ्जालमा छोरी जन्मिएको तस्वीर राखेपछि कमेन्ट गर्दै रबिनाले छोरा आयुष्मान देशराज श्रेष्ठ जोशीले हेरचाह गरेकोमा खुशी र गर्व लागेको पनि व्यक्त गरेकी छन् ।
आफ्ना छोरा बुहारीलाई सन्तान उपहार दिएकोमा धन्यवाद पनि दिँदै उनले आफ्नी नातिनी आयाङ्कालाई सबैभन्दा उत्कृष्ट बच्चा बताउँदै बुहारी प्रियंकाको पनि प्रशंसा गरेकी छन् ।
उनले लेखेकी छिन्, ‘स्विटहार्ट, तिमी प्रत्येक कुरामा निपुण छौ । जसरी तिमीले उसलाई यो संसारमा ल्यायौं र जसरी तिमीले यतिबेला हरेक महिलाभित्र हुने शक्तिको प्रदर्शन गर्यौ त्यो प्रशंसनीय छ । ’
रबिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नातिनीसँगको फोटो पोस्ट गर्दै जीवनको यो चरणलाई बयान गर्न कुनै शब्द नभएको उल्लेख गरेकी छन् ।












प्रतिक्रिया