८ कार्तिक २०८३, आइतबार

अवरुद्ध मुग्लिन–नौविसे सडक सञ्चालनमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

चितवन, ६ असोज । पहिरोका ​कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ ।

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएसँगै सवारीसाधन गन्तव्य तर्फ लागेका छन् । –रासस