
काठमाडौँ, ४ असोज । नेकपा एमालेले पार्टीको स्थायी समितिको बैठकका तीनवटा प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ ।
आइतबार र सोमबार बसेको पार्टीको बैठकमा विधान, संगठन र राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको र सदस्यहरुको सुझाव समेतलाई समेटेर तीन वटै प्रतिवेदन केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार एमालेको केन्द्रीय समिति बैठक असोज ८ र ९ गते बस्नेछ भने केन्द्रीय समिति बैठकबाट पनि प्राप्त सुझावलाई समेटेर प्रतिवेदन असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ ।












प्रतिक्रिया