
काठमाडौँ, ४ असोज । बंगलादेशको शरणार्थी क्याम्पमा रहेका म्यानमारका शरणार्थीलाई नेपाल ल्याउने ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
रोहिंग्या शरणार्थीहरुलाई नेपालबाट अमेरिका जान मिल्ने र तत्काल पठाइने, मासिक भत्ता राम्रो पाइनेलगायतका प्रलोभन दिएर काठमाडौँ भित्र्याउने कार्यमा संलग्न २ म्यानमार र १ बंगलादेशी नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोले म्यानमारका नागरिक नोरुल अमिन, शोफिक आलम र बंगलादेशी नागरिक अजमत उल्लालाई पक्राउ गरेको हो । काठमाडौँ बस्दै आएका उनीहरु शरणार्थीहरुलाई नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।
केही दिनअघि प्रहरीले अवैध रुपमा नेपाल आएर बौद्ध पुगेका १४ रोहिंग्यालाई बौद्धबाट पक्राउ गरेर अध्यागमनलाई बुझाएको थियो ।












प्रतिक्रिया