
काठमाडौँ, ४ असोज । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
यससँगै तोलामा ८८ हजार ९ सय रुपैयाँमा काराबोर भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा झरेको हो ।
महासंघका अनुसार चाँदीको मूल्य समेत सोमबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार १३५ रुपैयाँ कायम भएको छ ।
गत आइतबार चाँदी एक हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
असोज लागेपछि निरन्तर सुनको मूल्यमा गिरावट आउन थालेको हो ।















प्रतिक्रिया