८ कार्तिक २०८३, आइतबार

महाकाली नदीमा बगेर युवक बेपत्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ४ असोज । बैतडी जिल्लास्थित महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका छन् ।

उनी झुलाघाटबाट १ किलोमिटर उत्तरको बाटोबाट महाकाली नदीमा खसेर बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

टमटा टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका थिए । बेपत्ता भएका टमाटाको खोजी भई रहेको प्रहरीले जनाएको छ ।