१९ कार्तिक २०८३, बिहिबार

केशवटारमा शुन्य पोलिथिन अभियान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

केशवटार, ३ असाेज । जुटौ सारा गाँउ शहर, शुन्य पोलिथिन व्यास नगर, भन्ने नारा सहित व्यास नगरपालिकाको वडा नं १४को केशवटारमा शुन्य पोलिथिन अभियान संचालन गरिएको छ ।

सिम नेपाल को आयोजना र व्यास नगरपालिकाको सहकार्यमा व्यास नगरपालिकाको हरेक वडामा वातावरण सम्वन्धी वृहत चेतनामुलक अभियान संचालन गरिएको हो ।

व्यास नगरपालिका वडा नं १४ को वडाध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सिम नेपालको अभियान्त निपेश ढाकाले कार्यकमको वारेमा प्रकाश पारेका थिए ।

चेतनाको माध्यामवाट समाजमा जताभावी फोहर मैला गर्दा समुदाय र कृषि भुभागमा पर्ने असरको वारेमा जनचेतना जगाईएको थियो ।

पोलिथिनले समाजमा मात्र हैन, वातावरणमा समेत प्रत्यक्ष असर पार्दछ, त्यो अप्रत्यक्ष रुपमा आम जीवन सँग घुलन हुदाँ यसले स्वास्थ्यमा असर पार्ने समेत उनले बताए ।

पोलिथिनको प्रयोगले कृषि उर्वर भुमिमा पनि प्रत्यक्ष असर पार्ने वहाँले बताए ।

कार्यक्रमको प्रमुख अतिथी वडाध्यक्ष काजीमान श्रेष्ठले शुन्य पोलिथिन अभियान टोल वाट नै शुरु गर्ने बताए ।

हरेक व्यक्तिवाट नै यो अभियान शुरु गरि माटो र वातावरण जोगाउनु लाग्नुपर्ने बताए ।

यसको लागि चेतनाको अभिवृद्धि गराउनुपर्ने वताउनुभयो । पोलिथिनले समग्रतामा नै असर गर्ने हुदाँ यसमा आम व्यक्ति नै सचेत हुनुपर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा वडा नं १४ भित्रका टोल समितीहरु, जनप्रतिनिधीहरु, युवाक्लवका सदस्यहरु, सामुदायिक विद्यालयका शिक्षकहरु, आमा समुहहरु को उपस्थिती रहेको थियो ।