
काठमाडाैँ, ३ असाेज । आइतबार थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १४१३ जना संक्रमणमुक्त भएको जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ ।
हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार १३ जनामा परीक्षण भएको थियो ।












प्रतिक्रिया