
पर्सा, ३ असोज । वीरगंज महानगरपालिका-१२ स्थित मुर्ली पोखरीमा डुबेर सोही महानगरपालिका-१५ ब्रहमचोक बस्ने उमेश साहको छोरा १३ वर्षीय पृतम कुमार गुप्ता र सोही ठाउँ बस्ने दिनेश साहको छोरा १७ वर्षीय आशिष कुमार साहको शनिबार दिउँसो मृत्यु भएको छ ।
उनीहरु घरबाट हराएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा दुवै जना डुबी रहेको अवस्थामा फेला पारी उपचारको लागि तराई अस्पताल वीरगंज पठाएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया