
काठमाडाैँ, २ असाेज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीबाट चोइटिनेहरु मासिएर जाने बताएका छन् ।
शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेला सम्बाेधनका उनले यस्तो बताएका हुन् ।
उनले भने ‘एमालेबाट चोइटिएर जानेहरु सकिन्छन्, मासिएर जान्छन् । विभाजनमा जानेहरुको भविष्य अन्धकारमा जान्छ । उनीहरुको भविष्य अँध्यारो सुरुङभित्र पसिसकेको छ ।’
उनले थपे, ‘प्रगतिशीलहरुको नेतृत्व एमालेले गरिरहेको छ। राजनीतिको मूलधार पनि यसैमा समाहित छ ।’












प्रतिक्रिया