१९ कार्तिक २०८३, बिहिबार

२२ थान जाली नेपाली नोटसहित १ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

महोत्तरी, २ असोज । औरही नगरपालिका(१ औरही बजारबाट १ हजार दरको जाली नेपाली नोट २२ थान सहित भारत घर भएका २२ वर्षीय पिन्टु कुमार रायलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उक्त बजारस्थित फलफुल पसलबाट उनलाई उक्त जाली नेपाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनको साथबाट बिआर ३० एफ ९४८७ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।