कालीकोट, २ असोज । कालीकोट जिल्लाको मान्म–खाँडाचक्र सडक खण्ड बन्द भएपछि सवारी आवागमन प्रभावित बनेको छ ।
डोजर बोकेको ट्रक सडकमा पल्टिएपछि शुक्रबार दिउँसोदेखि राजमार्गमा सहज रुपमा सवारी साधन चल्न सकेका छैनन् ।
प्रहरी र स्थानीयले सडक छेउबाट सहायक सडक बनाएपछि साना गाडीहरू चलेका छन् । मालवाहक तथा ठूला गाडीहरू सदरमुकाममा रोकिएर बसेका छन् ।















प्रतिक्रिया