३० आश्विन २०८३, शुक्रबार

मिस नेपाल मुस्ताङमा ब्वाइफ्रेण्डसँग रोमान्स गर्दै गरेको भेटिएपछि…(फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subin-limbu-mustang1

विश्वास खड्काथोकी

मुस्ताङ, २८ चैत । कलाकारहरु मुस्ताङमा आउने कुरा नौलो होइन । नेपाली मात्र नभएर हलिउड, बलिउडका कलाकार पनि फिल्म सुटिङका लागि मुस्ताङ आइरहेका हुन्छन् । मिस नेपाल सुविन लिम्बुको मुस्ताङ आगमन भने अलि फरक र रोचक रह्यो । उनी एक्लै होइन, व्वाईफ्रेण्डलाई पनि सँगै लिएर सानदारसँग आइन् अनि उसरी नै फर्किइन् ।

अन्नपुर्ण संरक्षण क्षेत्र एक्यापको संरक्षण दुतको रुपमा मुस्ताङ आएकी लिम्बुले आफ्नो व्वायफ्रेण्ड सञ्जय खेमवाङसँग मुस्ताङमा पाँच दिन विताएर फर्किएकी छिन् । खेमवाङ सिंगापुर आर्मी रहेको श्रोतले बताएको छ । सुविन लिम्बु संरक्षण सम्बन्धी जनचेतना जगाउनको लागि मुस्ताङ आएकी हुन् ।

Subin-limbu-mustang4

गत शनिवार एयरपोर्टबाट झरेका ती जोडीले शनिबारनै मुक्तिनाथको दर्शन गरेका थिए । रमाइलो कुरा त यो छ कि यी जोडी खुल्मखुल्ला रोमान्समा देखिन्थे । चिसोमा पनि हिउँले एकअर्कालाई छ्यापाछ्याप गर्दै रमाइलो गरिरहेका थिए । सुविन र सञ्जयको सम्बन्ध अघोषित विहे जस्तै रहेको र चाँडै उनीहरु विवाह बन्धनमा बाँधिने श्रोतले खुलाएको छ ।

Subin-limbu-mustang2

उक्त जोडीसहितको पाँच जनाको टिम आइतवार बिहान करिव ९ बजेतिर ट्रकमा जोमसोमदेखि लोमान्थाङतिर लागेको थियो । मिस नेपालले सोमबार छोसेर, छोन्हुप र बोर्डरको भ्रमण गरी मंगलबार लोमान्थाङमा स्थानियसँग संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा भाग लिएकी थिइन् । बुधबार जोमसोम फर्किएकी सुविन बिहीवार बिहान काठमाडौँ फर्किएकी छिन् ।

Subin-limbu-mustang3

मिस नेपालको व्यस्त सेड्युलको कारण मुस्ताङको बसाई लामो हुन नसकेको एक्याप लोमान्थाङका प्रमुख शेरचनले बताए । मिस नेपालको संरक्षण सम्बन्धी चासोले स्थानिय बासिन्दा सचेत हुन्छन् भन्ने उद्देश्यले मिस नेपाललाई संरक्षण दुत बनाई मुस्ताङ भ्रमणमा ल्याएको उनले जानकारी दिए । मिस नेपाललाई दुत बनाए बापत भ्रमण बाहेक एक्यापले अरु थप व्यवस्था भने गरेको छैन ।

Subin-limbu-mustang5