
-वि वि श्रेष्ठ
तनहुँ, १ असोज । राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, राष्ट्रघाती एमसीसी खारेज गरौ भन्दै तनहुँको दमौली सदरमुकाममा वृहत विरोध प्रर्दशन गरिएको छ ।
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) चाहिदैन, देश भन्दै पाईदैन, गो व्याक एमसीसी, विदेशी हस्तक्षेप वन्द गर जस्ता प्ले कार्ड वोकेर हजारौ युवाहरु सडकमा ओर्लिएका थिए ।
राष्ट्रप्रेमी नेपाली युवा समूह क्लव को व्यानरमा दमौलीमा एमसीसीको विरोधमा नेपालको राष्ट्रिय झण्डा वोकेर शान्तिपुर्वक रयाली प्रर्दशन गरेको हो ।
विदेशीको एमसीसी देखाउने माध्याम मात्र हो, यसले पछि नेपालको राष्ट्रियतामा नै धावा बोल्दछ, नेताहरुले व्यक्तिगत स्वार्थताका लागी एमसीसी अनुमोदन गर्न लागेको हुँदा देश र माटो वचाउनका लागी एमसीसीको विरोधमा उत्रिएको क्लवका अगुवा मित्र दुराले जानकारी दिए ।
दमौलीको अनसन चौतारी वाट हजारौ संख्याको मोटरसाईकल र पैदल रयाली सहित दमौली परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । विरोध सभापछि एमसीसीको विरुद्ध वक्तव्य जारी गरि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विज्ञप्ती पठाईएको थियो ।













प्रतिक्रिया