७ कार्तिक २०८३, शनिबार

सानिमा बैंकद्वारा बडा दशैँको अवसरमा विशेष योजना

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असोज । नेपालीहरुको महान पर्व बडा दशैँको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैँ बम्पर योजना सार्वजनिक गरेको छ ।

असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ ५ सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिनेछ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा ५५ सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाखसम्मको दुर्घटना बीमा, रु ३ लाख बराबरको घातक रोगको बीमा, रु ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवाग्राहक महानुभावहरुलाई प्रदान गरिने छ ।

सानिमा बैंकको वेबसाइट https://onlineaccount.sanimabank.com/#/login मा लग इन गरी अनलाईन खाता पनि खोल्न सकिन्छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।