
धनुषा, १ असोज । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् ।
शुक्रबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको मिथिला नगरपालिकास्थित ढल्केबरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा सिरहाको विष्णुपुर गाउँपालिका नरहाका ३० वर्षीय रुपेश यादवको मृत्यु भएको हो ।
स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल चालक यादवको घटनास्थलमै मृत्यु भएको हो भने लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षिय मोहम्मद हासिम दुर्घटनामा परि घाइते भएका छन् ।












प्रतिक्रिया