काठमाडौं, १ असोज । काठमाडौं महानगरपालिका–१५ सीतापाईलास्थित एक रेष्टुरेन्टबाट सशस्त्र प्रहरीले ९ एमएमको पेस्तोल १ नाल तथा सोको ५ वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
फक्राउ पर्नेमा काठमाडौं जिल्लाको तार्केश्वर नगरपालिका–३ जितपुर बस्ने २४ वर्षीय सोनाम तामाङ छन् ।
तामाङलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौंबाट खटिएको सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पेस्तोल तथा गोलीसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । तामाङले प्रयोग गरेको मोटरसाईकललाई पनि नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका तामाङ्गलाई बरामद पेस्तोल, गोली तथा मोटरसाईकलसहित आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।















प्रतिक्रिया