१९ कार्तिक २०८३, बिहिबार

स्रोत नखुलेको साढे ३८ लाख रुपैयाँसहित २ जना पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पर्सा, ३१ भदौ । स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँसहित वीरगंज महानगरपालिका–६ गहवामाई बस्ने ४७ वर्षीय कन्हैया प्रसाद सोनार र बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने १९ वर्षीय दिपक कुमार सर्राफलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महनगरपालिका–६ माईस्थानस्थित कन्हैया प्रसादको केपि ज्वेलर्समा हुण्डी कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ज्वेलर्समा तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट २ थान मोबाइल, ३ वटा बिल बिजक रसिद, २६ वटा खरिद बिक्री रेकर्ड फाईल,१६ थान विभिन्न बैंकका चेकहरू र बैंकमा बुझाएको ११ लाखको भौचर समेत फेला पारी बरामद गरेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।